रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्।

शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा सात पदाधिकारीको शपथ बुधबार हुने निश्चित भएको नवनिर्वाचित महामन्त्री विपिन आचार्यले बताए।

त्यसपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने उनले बताए। उनका अनुसार त्यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया सुरु हुन्छ।

सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेस गर्ने प्रक्रिया छ। सभापति रवि लामिछानेले कहिले मनोनीत गर्छन् भन्ने आफूलाई थाहा नभएको महामन्त्री आचार्यले बताए।
 

सुझावित समाचार