साउदी जाने श्रमिकलाई सिप प्रमाणीकरण लागू नगर्न आग्रह

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिनखर तथा दूतावासका प्रथम सचिव अब्दुल रहमान के. घोसोमसँग मन्त्रालयमा भेट गरी नेपालबाट साउदी जाने श्रमिकलाई तत्काल सिप प्रमाणीकरण कार्यक्रम लागू नगर्न आग्रह गरेका छन् ।

उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा उनले जोड दिएको सचिवालयले जनाएको छ । त्यसक्रममा राजदूत मिनखरले आफ्नो देशको सरकारसँगको आवश्यक परामर्शपश्चात् थप जानकारी उपलब्ध गराउने बताएका थिए ।
 

See More On

सुझावित समाचार