रोल्पाको सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय रोल्पाले विशेष खोजी अभियानका क्रममा रोल्पा नगरपालिका–४, वाईगाउँस्थित डहरे सामुदायिक वनबाट एक थान बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा शनिबार बिहान करिब १० बजे प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गरिएको बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको छ। प्रहरीले अवैध हातहतियारको ओसारपसार तथा लुकाइछिपाइ गर्ने गतिविधि नियन्त्रण गर्न निगरानी र अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

सुझावित समाचार