जर्मनीलाई हराएपछि इक्वेडरमा सार्वजनिक बिदा

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण
  • पहिलोपटक जर्मनीलाई हराएपछि इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले आफ्ना नागरिकलाई राष्ट्रिय उत्सव मनाउन दिए सार्वजनिक बिदा

दक्षिण अमेरिकाको इक्वेडरले शुक्रबार बिहान चारपटकको विजेता जर्मनीमाथि २–१ को सनसनीपूर्ण जित निकाल्यो । यो जितले इक्वेडरको फुटबलप्रति हेराइ फरक हुने उनीहरूको विश्वास छ । विश्वकपमा पहिलोपटक जर्मनीलाई हराएपछि इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले जितको खुसी मनाउन सार्वजनिक बिदा नै दिएका छन् । राष्ट्रपति डेनियलले नागरिकलाई आफ्नो देशको गर्व र एकताको उत्सव मनाउन भनेका छन् ।

चालू विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा इक्वेडरले सनसनी जित हात पारेको थियो । उसले ब्राजिल र कोलम्बियाजस्ता टोलीलाई पछि पारेको थियो । सुरुवातमा सानदार प्रदर्शन गरेको इक्वेडर छनोटको मध्यमा कमजोर देखियो । तर, अन्तिम चरणमा इक्वेडरले पुनः लयमा फर्कँदै विश्वकपमा स्थान पक्का गर्यो । 

आफ्नो समूहमा इक्वेडरले आइभोरी कोस्टलाई नतिजा सुम्पिएको थियो । विश्वकपकै नवप्रवेशी राष्ट्र कुराकाओसँग बराबरीमा खेलेपछि इक्वेडरलाई जर्मनीसँगको खेल गर या मरको स्थितिमा थियो । खेलको नवौँ मिनेटमा निलसन र ७७औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई जर्मनीमाथि जित निकाले । यो एउटा नतिजा इक्वेडरको फुटबल इतिहासकै सबैभन्दा ठुलो उपलब्धि मानिएको छ ।

मेटलाइफ रंगशालामा हजारौँ समर्थक
अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा इक्वेडरका समर्थकको बाक्लो उपस्थिति थियो । अमेरिकामा बसोवास गर्ने लाखौँ इक्वेडरवासीले रंगशालालाई पहेंलो रङले सजाएका थिए । राष्ट्रपति डेनियलले पनि जर्मनीसँगको खेल हेरेका थिए । जर्मनीलाई हराउँदा उनी भावुक बने । उनले तत्कालै राष्ट्रभरि नै खुसियाली मनाउन सार्वजनिक बिदा घोषणा गरे । ‘सबै खेलाडीलाई धन्यवाद छ । आज विश्वकपमा हामीले इतिहास रचेका छौँ । यसलाई धेरै पछिसम्म पनि सबैले सम्झिरहनेछन्,’ उनले भने, ‘हामी सबै यो ऐतिहासिक जित मनाउन एकसाथ हौँ । भोलि सार्वजनिक बिदामा खुसी मनाउनुपर्छ ।’ 

खेल सकिएपछि इक्वेडरका खेलाडी भावुक बने । कोही खेलाडी घुँडा टेकेर रुन थाले । कोही खुसीले उफ्रिए । अर्कोतिर जर्मनी खेलाडी भने निराश देखिएका थिए । ‘हामी सबै २६ खेलाडी जर्मनीलाई हराउन तयारका साथ मैदानमा उपस्थित भएका थियौँ । 

यद्यपि, यो कल्पनाबाहिर थियो, तर असम्भवलाई हामीले सम्भव बनायौँ,’ इक्वेडरका स्ट्राइकर फलेमिगोले भने, ‘यो ऐतिहासिक जितमा सबै इक्वेडर समर्थकको योगदान उत्तिकै छ ।’ 

See More On

सुझावित समाचार