स्याङ्जाकाे लभ्ली डाँडा–मिर्दी–चापाकोट सडकखण्डमा भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याब बोलेरो जिप अनियन्त्रित भई सडक छेउमा पल्टिँदा वडा नं. ७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा जिपमा सवार २२ जनामध्ये २० जना घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। तीमध्ये १७ जनालाई गम्भीर अवस्थाका कारण थप उपचारका लागि पाेखरा रिफर गरिएको छ