मनीष झा महामन्त्री चुनिए पाँच वर्ष मन्त्री नबन्ने

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले आफू महामन्त्री निर्वाचित भए मन्त्री नबन्ने बताएका छन्। शुक्रबार महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै झाले आफूलाई मन्त्रालयको लोभ नभएको र पाँच वर्ष पार्टी सुधारमा सक्रिय रहने बताए।

‘मैले सभापति र उपसभापतिज्यूलाई भनिसकेँ, मलाई मन्त्रालयगत लोभ छैन। मलाई पार्टी सुधार्नु छ, पार्टीको व्यवस्थापकीय पाटो सुधार्नु छ। त्यसैले मलाई यो मौका दिनुस्, पाँच वर्षसम्म कुनै पनि मन्त्रालय दाबी गर्दिनँ भनेको छु,’ उनले भने।

आफू महामन्त्रीको उम्मेदवारीबाट नहट्ने स्पष्ट सन्देश दिँदै झाले थपे, ‘सहमति भनेको जहिले पनि त्याग होइन। कहिलेकाहीँ प्राप्ति पनि हो। तर, मैले गर्ने राजनीतिक त्याग किन सधैँ त्याग मात्र भइदिन्छ ?’

सभापति रवि लामिछाने र वरिष्ठ नेताले गुटगत राजनीति नगर्न आग्रह गरेको स्मरण गराउँदै झाले त्यस्ता कार्य गरे कारबाही हुनुपर्ने बताए।
 

See More On

सुझावित समाचार