रास्वपाको महामन्त्री पदमा उम्मेदवारी दिएका गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गरेका छन् ।
यसअघि निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि उम्मेदवारी फिर्ता लिई आचार्यलाई समर्थन गरेका छन् । महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी भने यथावत् छ ।