रास्वपा निर्वतमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीमा सहमति र एकताको संवर्द्धनका लागि उम्मेदवारी फिर्ता लिएको बुर्लाकोटीले जानकारी गराएका छन् ।
बुर्लाकोटी यसअघि केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । बुर्लाकोटीले आफू पार्टीका संस्थापक सदस्य रहेको, करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री तथा एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै आगामी कार्यकालमा पनि पार्टी सभापतिको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिसँग मिलेर पार्टी निर्माणका योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।