प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत कास्कीको लाहाचोकस्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई एक थान ल्यापटप सहयोग गरेको छ ।
बैंकको माछापुछ्रे शाखामार्फत प्रदान गरिएको उक्त ल्यापटप स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणलाई सहयोग पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
यो सहयोगले प्रविधिमैत्री तथा गुणस्तरीय सेवा प्रवाहमा टेवा पुर्याउँदै समुदायको समग्र विकासमा योगदान पुग्ने विश्वास गरिएको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ ।