क्रोएसियाले फिफा विश्वकप २०२६ मा नकआउट सम्भावना जीवित राखेको छ । पानामालाई १–० गोलले हराएको क्रोएसियाले ३ अंक जोडेको हो । क्रोएसियाको जितसँगै नकआउट समीकरण रोचक बनेको छ ।
इंग्ल्यान्ड, घाना र क्रोएसियाबिच नकआउट प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । घानाले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेपछि दुवैले समान चार अंक जोडेका छन् । अब इंग्ल्यान्डले पानामासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । क्रोएसियाले घानाको सामना गर्नेछ । यो खेलेपछि नकआउट पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।