राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि रातभर मतदान भएको छ । पार्टीको भावी नेतृत्व र संगठनात्मक संरचना निर्धारण गर्ने निर्वाचनमा खुलातर्फ ६४ सदस्यका लागि २१० जना र भूगोलतर्फ ३५ सदस्यका लागि १७४ जना गरी कुल ३८४ उम्मेदवार प्रतिस्पर्धामा छन् । ५१ केन्द्रीय सदस्य मनोनीत हुनेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन् ।
मंगलबार राति १०:३० देखि सुरु मतदान बुधबार बिहान १० बजेसम्म सञ्चालन हुने कार्यतालिका तय गरिए पनि राती १२ बजेपछि मात्र मतदान सुरु भएको थियो । चार हजारभन्दा बढी प्रतिनिधिले विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरेका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएको केही घण्टाभित्रै प्रारम्भिक परिणाम सार्वजनिक गरिनेछ ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिएको छ । मतदान प्रक्रिया सम्पन्न हुन आठदेखि १० घण्टासम्म लाग्न सक्ने प्रवक्ता मनीष झाले बताए । एक प्रतिनिधिलाई मतदान गर्न औसत १० देखि १५ मिनेट समय लाग्ने अनुमान गरिएको छ ।
को–को छन् उम्मेदवार ?
निर्वाचन आयोगका अनुसार भूगोलतर्फ हरेक प्रदेशबाट पाँच–पाँचजना केन्द्रीय सदस्य चयन हुनेछन् ।
सुदूरपश्चिम १८ जना : केपी खनाल (सांसद), शैलेशकुमार सिंह, ज्ञानेन्द्रसिंह महता (सांसद), नमराज न्यौपाने, शिवराज पन्त, पदमराज शर्मा, हेमराज थापा, सागर टमटा, मदनसिंह विष्ट, मीनबहादुर बोहरा, उमेशराज पाण्डे, कृष्णबहादुर बटाला, हरिमोहन भण्डारी, वीरबहादुर विष्ट, रत्नकुमारी थापा, चन्द्र ऐर चाँदनी, जानिका जोशी, टंकबहादुर धामी रहेका छन् ।
मधेश प्रदेशबाट २० जना : अंकितकुमार यादव, विष्णुकुमार यादव, विजय पोखरेल, वरुणकुमार झा, गणेश धिमाल, रामबाबुकुमार सिंह, मनोजकुमार रजक, हरेराम ठाकुर, उदयनारायण सापकोटा (सुरेन), कैलाश साह सुडी, दिलपाल साह, सरोजकुमार साह, रविन महतो, तेजविक्रम कार्की, राजकिशोर महतो कोइरी, रौशनकुमार जैसवाल, सुनिताकुमारी चौधरी, सुष्मा बस्नेत, नमिता यादव, मन्जु सिंह रहेका छन् ।
लुम्बिनी प्रदेशबाट ३१ उम्मेदवार : विराज पौडेल, कमल सुवेदी (सांसद), देवराज पाठक, महेशराम थारू, गोविन्द पन्थी (सांसद), कमल केसी, बुद्धिप्रसाद शर्मा, चेतन राना, गोपाल घिमिरे, शीतल भुसाल, नरेशबहादुर पछाई क्षेत्री, महेशकुमार शाह, भीमबहादुर खड्का, राहुल केसी, भोजराज पाण्डे, अर्जुनबहादुर शाही, रमेश थापा क्षेत्री, निरज अधिकारी, देवराज भण्डारी, अमृत भुसाल, सुशीत अधिकारी, सुवास शर्मा, महेश्वर भण्डारी, दीपक अधिकारी, जनक भुसाल, भरतप्रसाद पनेरू, संगीता ढकाल, कल्पना पाण्डेय, ज्ञानु पौडेल, सरस्वती भण्डारी ढकाल र शर्मिला खनाल छन् ।
कोशी प्रदेशबाट २० जना : पारसमणि गेलाल (सांसद), विश्वराज पोखरेल (सांसद), लालविक्रम थापा (सांसद), प्रकाश पाठक (सांसद), प्रेमलाल चौधरी, नवीन खड्का, भूमिनन्द बराल, वीरेन्द श्रेष्ठ, पीताम्बर तिम्सिना, राजकुमार राई, कृष्णबहादुर चोङवाङ, रितुराज लिम्बू, रमेशप्रसाद ओझा, धनेश्वरी साह, निशा मेहता (स्वास्थ्यमन्त्री), शोभा कार्की, सुजाता तामाङ (सांसद), सिर्जना लामा फोम्बो, प्रजना राई र कल्पना थापा छन् ।
कर्णाली प्रदेशबाट ३१ जना : महेशप्रसाद पाण्डेय, प्रकाश न्यौपाने, सुदीप पुरी, प्रकाशबहादुर बोहरा, मनबहादुर शाही, प्रेमबहादुर बोहरा, टंकप्रसाद जैसी, टेकबहादुरसिंह ठकुरी, प्रेमबहादुर भण्डारी, अभिनाश थानी, कमनबहादुर खड्का, उदयकुमार मल्ल, शेरबहादुर रावत, पवनराज देवकोटा, नरेश तिमिल्सिना, राधव कार्की, तेजकुमार विके, नेत्रकुमार केसी, सुनील हमाल, मीनराज आचार्य, गोपाल प्याकुरेल, धीरजबहादुर ओली, गणेश पाण्डेय, अनिल बानियाँ, टासी ल्हाजोम, सीता बादी, भीमा केसी, संगीताकुमारी थापा, विनिता कठायत, मेनुका शाही र गोमा थापा छन् ।
बागमती प्रदेशबाट २७ जना : मछिन्द्र खकुरेल, जगदीशचन्द्र शर्मा, सुमनविक्रम पाण्डेय, सुजन शर्मा (प्रदीप तिमिल्सिना), भरतप्रसाद पराजुली, प्रह्लाद केसी, नवराथ बानियाँ, सुरेश मास्के, झलककुमार श्रेष्ठ (अजय), रामेश्वर थापा, वसन्तराज फुयाँल, प्रशान्त उप्रेती, हिमाल महत, दयाराम अधिकारी, प्रभाकर घिमिरे, सन्तोष थापा, सागर रिजाल, अनिश खत्री, दिवाकर दंगाल, राजु फुयाँल, यदुकुमार गिरी, विदुषी राणा (सांसद), अनिता श्रेष्ठ, प्रभा ढकाल, पार्वती थापा (प्रिया रानी), दीपा लामिछाने, आकांक्षा पोखरेल रहेका छन् ।
गण्डकी प्रदेशबाट २७ जना : जीवनकुमार श्रेष्ठ, मोहनबहादुर थापा, झविलाल डुम्रे (सांसद), सन्तोष पन्त, सोम शर्मा (सांसद), कृष्ण थापा, पुष्पराज अधिकारी, पदमराज पन्थी, मुक्ति अधिकारी, राजु दाहाल, प्रकाश थापा, मनीष खनाल (सांसद), विवेक सिग्देल, महेन्द्र खड्का, तोयराज अधिकारी, धर्मराज केसी, दीपककुमार बोगटी, अशोक खड्का, सन्तोष रेग्मी, दाताराम चपाई, श्रीराम न्यौपाने (सांसद), सुदेश गुरुङ, सागर भुसाल, पवित्रा थापा, विष्णुकुमारी गुरुङ, पूजा बाँस्तोला, पार्वती अधिकारी रहेका छन् ।
खुलातर्फ ६४ सदस्यका लागि २१० जनाको उम्मेदवारी : आगनदास चौधरी, अमृता विके, अंकिता ठाकुर, अनुप नेपाल, अरनिकोकुमार पाँडे, अर्जुन बानियाँ, अर्जुनकुमार श्रेष्ठ, आशिष गजुरेल, अशोककुमार चौधरी, असिम शाह, बर्जमानसिंह थापा, बख्तियार अली, विदुर दाहाल, विदुर खड्का, विकास निरौला, विमल तामाङ, विपेन्द्र लामा तामाङ (कालु), विराजभक्त श्रेष्ठ मन्त्री, वीरेन्द्र केएम (कुमार मेहता), वीरेन्द्रकुमार कलवार, बोधराज रेग्मी, चिन्ताबहादुर दर्जी, दामोदर गौतम, देवेन्द्र मास्के, देवेन्द्रनाथ शुक्ला, देवीराम यादव मधेशी, धनञ्जय रेग्मी (सांसद), ध्रुव थापा, दीपेश साह, दुर्गादेवी प्रधान, फिरोजकुमार शाह, गणेश कार्की सांसद, गणेश पराजुली सांसद, घनश्याम विष्ट, गिरिप्रसाद पन्थी, गोपीकृष्ण चौलागाईं, गुणानन्द महतो, हरि ढकाल छन् ।
यसैगरी, हरिप्रसाद पाण्डेय, हेमन्तकुमार चौहान, हेमन्तराज बराल, हेमराज भट्ट, हिरालाल बादी, इन्द्रजितप्रसाद महतो, इन्दिरा रानामगर, इन्द्रबहादुर कुँवर, इन्द्रप्रसाद शर्मा, इन्द्र रोकाया, जगदीश खरेल (दोलखा), जगदीश खरेल (ललितपुर), जितेन्द्र जिसी, जुली यादव, कविराम सुनार, कमला काप्री, करिश्मा कठरिया, केशवराज अधिकारी, केवल गिरी, खगेन्द्र सुनार, कोसिस निरौला, क्रान्तिशिखा धिताल, कृपा महर्जन, कृष्णकुमार भेटवाल, कृष्णकुमार कार्की, लक्ष्मणराज सिटौला, लक्ष्मी तिवारी, लिमा अधिकारी आचार्य, मधुकुमार चौलागाईं, महेन्द्रबहादुर माझी, महेन्द्र गुप्ता छन् ।
यसैगरी, महेश लामा, मखमलाल श्रेष्ठ, मनीष झा, मिर्जा रासिद बेग, नन्दन यादव, नरेन्द्रबहादुर खड्का, निर्गुनराज थापा, निर्मल गौतम, निशा डाँगी, निशा श्रेष्ठ, नूर मोहम्मद मियाँ, प्रदीप विष्ट, प्रकाशबहादुर शाह, प्रकाश सुवेदी, प्रकृति ढकाल, प्रमोद न्यौपाने, पृथ्वीनारायण अधिकारी, पुकार बम, पुरन गिरी, पुष्पकुमारी चौधरी, राजबहादुर गिरी, राजनकुमार दाहाल, राजुकुमार मण्डल खाङ्ग, राजुनाथ पाण्डेय, राजु सुनार, रामचन्द्र खत्री, रामकृष्ण नेपाली, राममणि रायमाझी, रामप्रसाद पोखरेल, रमेश प्रसाईं छन् ।
त्यस्तै, रामजी यादव, रिमा विश्वकर्मा, रोहन कार्की, रोहितप्रसाद न्यौपाने, रुकेश रन्जित, रूपक घिमिरे, सविना विके, सागर ढकाल, समीक्षा बाँस्कोटा, सस्मित पोखरेल, सत्यराम तवेना, शम्भुराज शर्मा, शंकर श्रेष्ठ, श्रद्धा पराजुली, शिशिर खनाल, सुशान्त वैदिक, श्यामबाबु गौतम, श्यामचन्द्र श्रेष्ठ, सोविता गौतम, सुधामा कार्की क्षेत्री, सुदीप ढकाल, सुजितकुमार श्रेष्ठ, शुलभ खरेल, सुरेन्द्र चौधरी, सुरेश डंगोल, सुशीला कार्की पोखरेल, स्वर्णिम वाग्ले, टेकबहादुर पुन, टेकबहादुर सिंह ठकुरी, टीका संग्रौला (ज्वाला), डा. तोसिमा कार्की, उत्तमबाबु पौडेल, यज्ञमणि न्यौपाने, योगेन्द्र अग्रहरि, आशा झा, आशिका तामाङ, अफ्साना बानु, अख्तर हुसैन, अमिर सुनार, अनुप राई, अनुष्का श्रेष्ठ, अरविन्द साह, अशोक खड्काथोकी, अभिजित गुप्ता, बब्लु गुप्ता, विजय जैरू, विमलकुमार तिवारी, विपिनकुमार आचार्य, बोधनारायण श्रेष्ठ (फिर्ता लिएको), चन्दनकुमार सिंह, दीपकराज बोहरा, दीपकबहादुर विश्वकर्मा, दीपककुमार साह, गजाला समिम मिकराजी, गायत्री कुमारी, गीता चौधरी, हेमराज पोखरेल उपाध्याय, हिमेश पन्त, जमाल अली, जमुना शर्मा, विदुषी, जितेन्द्रकुमार महतो, कवीन्द्र बुर्लाकोटी, कामिनीकुमारी चौधरी, खासिन्द्र राम, खिमा विके, कृष्णप्रसाद खरेल, खुश्बु जयसवाल, कृष्णदेव शाह, कृष्णमान श्रेष्ठ छन् ।
यसैगरी, कृतेशकुमार श्रेष्ठ, कुर्साङ तामाङ, कुसुम महर्जन, माधव भण्डारी, महेन्द्र तामाङ, महेशकुमार श्रेष्ठ, मकन तामाङ, मनबहादुर लामा, मौलसेर राई (मिलन कान्छा), मायाकुमारी रोका मगर, मेघबहादुर आले, मिलन लिम्बू, मिङ्माडन्डु शेर्पा, नन्दकिशोर बस्नेत, नरेन्द्रकुमार गुप्ता, पवन कँडेल, प्रकाशचन्द्र परियार, प्रकाशकुमार अधिकारी, प्रतिभा ताम्राकार, प्रवीन कारक, प्रेमशंकर महतो, पुनमकुमारी अग्रवाल, रहवर अन्सारी, राजीव खत्री, रक्षा रायमाझी, रामसिंह थारू, रमेश विश्वकर्मा, रमेशराज भण्डारी, रञ्जु दर्शना, रिसिधन थुलुङ राई, रूपा शंकर, एस तामाङ, सागर अर्याल, साजन बिके, समिना मियाँ, सन्तोष राजवंशी, शिवशंकर यादव, शिव नेपाली, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार डिम्पल, देवनारायण महतो र यमप्रसाद श्रेष्ठ रहेका छन् ।
पदाधिकारीको निर्वाचन आज
केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि बिहीबारदेखि पदाधिकारी चयन प्रक्रिया सुरु हुनेछ । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यसैले अब उपसभापति दुई, महामन्त्री एक र सहमहामन्त्री तीन पदका लागि मतदान हुनेछ । वरिष्ठ नेता एक, उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री तीन, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक र सहकोषाध्यक्ष दुई मनोनीत हुनेछन् ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पदाधिकारीको निर्वाचन सम्पन्न भएपछि बिहीबार नै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराइने र प्रमाणपत्र वितरण गरिनेछ ।