यस्तो पनि...

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

विश्वकपको पहिलो ह्याट्रिक

सन् १९३० मा उरुग्वेले पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । पहिलो संस्करणमै तीन खेलाडीले ह्याट्रिक गरेका थिए । जसमध्ये अमेरिकाका वेर्ट पाटेनाउडे विश्वकप इतिहासमै पहिलो ह्याट्रिक फुटबलर हुन् । उनले पाराग्वेविरुद्ध पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । सो खेलमा अमेरिका ३–० ले विजयी भएको थियो । सोही विश्वकपमा अर्जेन्टिनाका गुलेर्मो स्टावेला प्रतियोगिताकै दोस्रो ह्याट्रिक गर्ने खेलाडी बनेका थिए । 

कोस्किसका ११ गोल
सन् १९५४ को विश्वकप आयोजना स्विट्जरल्यान्डले गरेको थियो । पश्चिम जर्मनीले पहिलोपटक विश्वकप उचाल्यो । हंगेरीका सान्डोर कोस्किसले प्रतियोगितामै सर्वाधिक ११ गोल गरेका थिए । उनी सो संस्करणका उत्कृष्ट खेलाडी बनेका थिए । विश्वकप इतिहासमा फ्रान्सका जस्टिन फोटिनपछि १० भन्दा बढी गोल गर्ने कोस्किस हुन् । जस्टिनले १९५८ को संस्करणमा कीर्तिमानी रूपमा १३ गोल गरेका थिए । 

ब्राजिलको नाममा धेरै गोलअन्तर
विश्वकपमा पाँचपटकको विजेता ब्राजिलले धेरै गोलअन्तर राखेको छ । लगातार २३औँपटक विश्वकप सहभागी ब्राजिलले ११६ खेलमा १३२ गोलअन्तर राखेको छ । उसले विपक्षी पोस्टमा २४१ गोल गरेको छ । विपक्षी टोलीले ब्राजिलविरुद्ध १०९ गोल गरेका छन् । दोस्रो स्थानमा जर्मनी छ । चारपटकको विजेता जर्मनीले १०९ गोलअन्तर राखेको छ । जर्मनीले पनि विपक्षीविरुद्ध २४१ गोल गरेको छ । 

सुझावित समाचार