राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन प्रतिनिधिको शुल्कलाई ऐच्छिक बनाएको छ। मंगलबार बन्दसत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सो जानकारी दिए।
खर्चको जोहो गर्न नसकेर भोट नै हाल्न नपाउने अवस्था सिर्जना हुन नदिने भन्दै लामिछानेले शुल्क तिरिसकेकाले पनि फिर्ता लिन सक्ने प्रस्ट पारे।
‘जो साथीहरूले तिरिसक्नुभएको छ, चाहनुभयो भने तपाईंहरूको त्यो पाँच हजार फिर्ता लिन सक्नुहुनेछ,’ उनले भने।