कोशीकिनारबाट १६८ केजी गाँजा बरामद

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीले कोशी नदीकिनारबाट १६८ केजी लागुऔषध गाँजा बरामद गरेको छ। सुनसरी बराहक्षेत्र नगरपालिका– १ सत्र नम्बरस्थित कोशीकिनारमा बेवारिसे अवस्थामा १६८ केजी गाँजा भेटिएको प्रहरीले जनाएको छ।

ट्युब र बाँसको सहायताले राखिएको अवस्थामा नाैवटा प्लास्टिकका बोरामा सो परिमाणमा गाँजा फेला परेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार