बर्दियामा लागुऔषध अफिमसहित दुईजना महिला पक्राउ परेका छन्। १५ किलो ३४० ग्राम अफिमसहित दुईजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।
बाँसगढी नगरपालिका- ३, उत्तरभकारीमा अफिमको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बढैयाताल गाउँपालिका, ४ की ३० वर्षीया सन्ध्या घर्ती र बाँसगढी नगरपालिका- ३ की ४२ वर्षीया मीना रोकायलाई पक्राउ गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए।
उनले भने, 'पक्राउ परेका महिलाहरूको साथबाट अफिमका साथै दुई थान मोबाइल र ३४ हजार रुपैयाँ नगदसमेत फेला परेको छ। पक्राउ परेकी घर्ती र रोकायलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।