लगातार दुई संस्करण आयोजक विजेता
विश्वकप इतिहासमा पहिलो दुई संस्करणमा आयोजक राष्ट्रले ट्रफी बाहिर पठाएनन् । सन् १९३० को पहिलो संस्करण उरुग्वेले गरेको थियो । उरुग्वेले छिमेकी राष्ट्र अर्जेन्टिनालाई फाइनलमा ४–२ ले हराउँदै ट्रफी जित्यो । सन् १९३४ मा इटाली आयोजक राष्ट्र बनेको थियो । इटालीले उपाधि भिडन्तको अतिरिक्त समयमा चेकोस्लोभाकियामाथि २–१ को जित निकाली विश्व च्याम्पियन बनेको थियो । पहिलो संस्करणमा उरुग्वेका गुलेर्मो स्टाबिलले सर्वाधिक ८ र दोस्रो संस्करणमा चेकोस्लोभिकियाका आल्ड्रिच निजड्लीले सर्वाधिक पाँच गोल गरेका थिए ।
तीन राष्ट्र समान दुईपटक उपविजेता
फ्रान्स, चेक रिपब्लिक तथा हंगेरी समान दुईपटक उपविजेता बनेका छन् । सन् १९३४ र सन् १९६२ को फाइनल खेलेको चेकोस्लोभाकियाले उपाधि जित्न सकेन । पहिलो फाइनलमा इटाली र दोस्रो फाइनलमा चेकोस्लोभाकियाका ब्राजिलबाट पराजित भएको थियो । यसैगरी, हंगेरी सन् १९३८ को फाइनलमा हंगेरी इटालीसँग ४–२ र सन् १९५४ को उपाधि भिडन्तमा पश्चिम जर्मनीबाट ३–२ ले निराश भयो । फ्रान्सले सन् २००६ को विश्वकप खेल्दा इटालीसँग पेनाल्टीमा पराजित भयो । सन् २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो ।
सन् २००६ मा धेरै रेड कार्ड
विश्वकपमा सन् २००६ मा जर्मनीले आयोजना गरेको प्रतियोगितामा धेरै रातो कार्ड देखाइएको थियो । सो विश्वकपमा ६४ खेलमा कुल २८ जना खेलाडीले रेड कार्ड पाएका थिए । विश्वकपमा ब्राजिल सर्वाधिक पाँचपटकको विजेता हो । तर, ब्राजिलले सम्रग सहभागी टोलीमध्ये सर्वाधिक ११ रातो कार्ड पाएको छ । सन् १९९० को फाइनलमा धेरै कार्ड देखाइएको खेल बन्यो । इटालीमा भएको प्रतिस्पर्धामा पश्चिम जर्मनी र अर्जेन्टिना उपाधिका लागि भिडेका थिए ।