- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असार ६ गते शनिबारदेखि असार १२ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारजनको सहयोगले फाइदा लिन सकिने समय छ । मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि फाइदा होला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । उच्च महŒवाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ । साताको अन्त्यमा व्यावसायिक यात्राको योग जुरेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिकर्म र व्यावसायिक काममा पनि फाइदा उठाउन सकिनेछ । नयाँ कामबाट प्रशस्त धनआर्जन गर्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस् । नयाँ कामका लागि हतार नगर्नु नै बुद्धिमानी हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । पुरानो लगानीबाट धनलाभ हुनेछ । पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ । तत्काल केही चुनौती देखिए पनि सुखद समाचार सुन्न पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । बिहीबारदेखि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) केही मात्रामा खर्च बढ्नेछ । काममा अलि चुनौती सामना गर्नुपर्ला । धेरै क्षेत्रका प्रयत्न र यात्रा अलि निष्फल बन्ने देखिन्छ । छरछिमेकमा पनि केही असमझदारी बढ्ने योग छ । धैर्यले काम लिने समय छ । बुधबारदेखि वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । प्रयत्न गर्दा अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय उत्साहवर्द्धक रहला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम बिस्तारै उठ्नेछ । पितृधनबाट समेत लाभ हुने योग रहेको छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । साताको अन्त्यमा धार्मिक क्रियाकलापमा मन जाला । धार्मिक क्रियाकलापमा मन जाला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । साताको अन्त्यमा प्रेमको बन्धन पनि कसिने बेला छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिने सम्भावना छ, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । साताको अन्त्यमा काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउनेछन् । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । नसोचेको धनलाभ हुने योग रहेको छ । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । सप्ताहान्तमा सुधार आउनेछ । रोकिएका काम बन्न थाल्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। साता मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधनप्राप्तिको योग छ । उत्साहवर्द्धक समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ मित्रता र प्रेमको बन्धन कसिने वेला छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । काममा अधिकारप्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । मौकाको फाइदा लिन सकिनेछ । साताको अन्त्यमा यात्रामा विशेष लाभ प्राप्तिको योग रहेको छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला । शुक्रबारदेखि स्थिति अनुकूल बन्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । काममा उत्साह थपिनेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । रमाइलो यात्राको योग छ ।