सुधारगृहबाट भागेका दुई बालक केही घण्टामै नियन्त्रणमा

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाको बिर्तामा बाल सुधारगृहबाट फरार भएका दुई बालक केही घण्टामै पक्राउ परेका छन्।

सर्लाहीको मलंगवा नगरपालिकाका १० र ११ वर्षका दुई बालक शुक्रबार शौचालयको भेन्टिलेसन फुटाएर भागेका थिए। डाँका तथा चोरी मुद्दामा सुधारगृहमा राखिएका दुवै बालक फरार भएको केही घण्टामै सीमानाकाबाट पक्राउ परेका पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए। 

दिउँसो १ बजेको समयमा सुधारगृहको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाएर सुरक्षाकर्मीलाई छलेर भागेका उनीहरूलाई साढे ३ बजेतिर मितेरी पुलनजिकैबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

सुझावित समाचार