बर्दियामा दुई किलो अफिमसहित तीनजना पक्राउ

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

बर्दियामा लागुऔषध अफिमसहित तीनजना पक्राउ परेका छन्। एक किलो ९२६ ग्राम अफिमसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।

पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका– ४ का ४६ वर्षीय यनबहादुर रावत, सोही ठाउँका ४२ वर्षीय लोकेन्द्रबहादुर रोकाय र रोल्पाको गंगादेवी गाउँपालिका– ६ का ४८ वर्षीय केशरसिंह केसी रहेका छन्।

‘गुलरिया नगरपालिका– ८ मा रहेको एउटा घरभित्र लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा अफिमसहित पक्राउ गरिएको हो,’ बोहराले भने, ‘उनीहरूको साथबाट चार थान मोबाइल, ८३ हजार भारतीय रुपैयाँ र  भे.९ प ६२९६ नम्बरको मोटरसाइकलसमेत फेला परेको छ।’

सुझावित समाचार