सभामुख र सरकारप्रति हर्कराज राईको असन्तुष्टि

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षको आवाजलाई बेवास्ता गर्दै सत्तापक्ष एकतर्फी रूपमा अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई सच्याउन माग गर्दै आफूहरू १६ दिनदेखि सदनमा प्लेकार्डसहित विरोध गरिरहेको उनले स्मरण गराए।

प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखलाई पटक–पटक आग्रह गरिए पनि हालसम्म कुनै सुनुवाइ नभएको भन्दै राईले आपत्ति जनाए।

उनले बजेट निर्माण तथा वितरण प्रक्रियामा देखिएका कमजोरीमाथि पनि प्रश्न उठाए। रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेडबुक) उपलब्ध नगराई बजेटमाथिको छलफल टुंग्याइएको भन्दै उनले अर्थमन्त्रीको जवाफदेहिता माग गरे।

सुझावित समाचार