एनआइसी एसियाका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १० प्रतिशत छुट

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकका ग्राहकले पोखराको लेकसाइडस्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् । 

दुवै पक्षबिच छुट उपलब्ध गराउन सम्झौता गरेका छन् । यसअनुसार ग्राहकले अन्नपूर्ण ग्रुप अफ होटेल्सअन्तर्गत सञ्चालित उक्त दुई लजमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्ने बताइएको छ ।

सुविधा उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यले ग्राहकलाई विशेष सहुलियत प्राप्त हुनुका डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सुझावित समाचार