५२९ कर्मचारी शंकास्पद, विस्तृत छानबिन गर्दै सरकार

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

स्वीकृत बिदा लिएर लामो समयसम्म सम्पर्कमा नआएका कर्मचारीमध्ये ५२९ जना शंकास्पद देखिएका छन् । निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले संघतर्फ देखिएको कुल ६ हजार २३४ विवरणलाई विशेष रूपमा अध्ययन गर्दा ५२९ विवरणमा बढी नै छानबिन गर्नुपर्ने अवस्था रहेको बताए ।

बिदा स्वीकृत भएको मितिपछि पदस्थापन, बढुवा, स्तरवृद्धि, समायोजनजस्ता घटनामध्ये केही पनि सक्रिय नदेखिएको आधारमा विस्तृत अध्ययन गर्नुपर्ने भएको हो । शंकास्पद कर्मचारीमा सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयअन्तर्गत २८७ जना छन् ।

त्यस्तै, कृषि मन्त्रालयका ४२ र वन मन्त्रालयका ३७ जना छन् । ऊर्जा मन्त्रालयअन्तर्गत २९, सर्वोच्च अदालतमातहत १८, सामान्य प्रशासन र उद्योग मन्त्रालयका १६–१६,  भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत १५, अर्थमा १३ र भूमि व्यवस्थाका ११ जना छन् ।

यसैगरी सञ्चारमा सात, शिक्षामा ६, सहरी विकासमा पाँच, महान्यायाधिवक्ता कार्यालय र खानेपानी मन्त्रालयमा चार–चार, गृह, पर्यटन मन्त्रालय र महालेखा परीक्षक कार्यालयअन्तर्गत तीन–तीन, परराष्ट्र र योजना आयोगमा दुई–दुईजना छन् ।

सिँचाइ, श्रम, महिला, बालबालिका, संघीय संसद्, प्रधानमन्त्री कार्यालय, न्यायपरिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत पनि एक–एकजना छन् । 

सुझावित समाचार