नेपाल प्रहरीकाे अनलाइन सेवा अवरुद्ध, वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीले प्राविधिक समस्याका कारण आफ्नो आधिकारिक वेबसाइट, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणाली मोबाइल एपको सेवामा अवरोध आएको जनाएको छ।

प्रहरीले जारी गरेको सूचनामा सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै समस्या समाधानका लागि आवश्यक प्राविधिक कार्य भइरहेको जनाएको छ।

सेवा पुनः सञ्चालन नहुँदासम्म नागरिकलाई आवश्यक जानकारी तथा सहयोगका लागि वैकल्पिक सम्पर्क माध्यमहरू प्रयोग गर्न प्रहरीले अनुरोध गरेकाे छ । 

सुझावित समाचार