क्यान्सरकाे औषधि अभावप्रति सांसद थपलियाले गराइन् सरकारको ध्यानाकर्षण

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले क्यान्सर बिरामीहरूले आवश्यक औषधि नपाउँदा उपचार प्रभावित भएको बताइन्। उनले सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावबारे सदनमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्रीले औषधि व्यवस्था विभागलाई निरीक्षण र आवश्यक निर्देशन दिएको जानकारी प्राप्त भए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो गरिन्।

सांसद थपलियाले हालै भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै आफूलाई सम्पर्क गरेको उदाहरण प्रस्तुत गर्दै समस्या अझै समाधान नभएको उल्लेख गरिन्।

सुझावित समाचार