रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय महाधिवेशनको आधिकारिक लोगो

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ। पार्टीले आगामी असार ७–९ गते चितवनमा हुने महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै लोगो सार्वजनिक गरेको हो। महाधिवेशनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित तयारी भएको रास्वपाले जनाएको छ । 

रास्वपाले हालै महाधिवेशन तयारी कार्यतालिकासमेत सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार देशभर निर्वाचन समिति गठन, प्रतिनिधि छनोट, अधिवेशन प्रतिवेदन संकलन तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कामहरू समयसीमाभित्र गरिनेछन्। महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ प्रणालीबारे पनि छलफल हुने बताइएको छ।

पार्टीका अनुसार यो महाधिवेशन रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन हुनेछ, जसले संगठनात्मक संरचना, नेतृत्व चयन तथा भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार