सुगम पोखरेलको संग्रह ‘नवमी’मा समावेश गीत ‘फेरि भेट होला नहोला’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा शब्द तथा संगीत स्वयं सुगम पोखरेलकै रहेको छ भने संगीत संयोजन एनेक्समसले गरेका छन्।
सार्वजनिक भिडियोमा सुगम आफ्नो सांगीतिक समूह ‘बाजागाजा’सँग कार्यक्रममा सांगीतिक प्रस्तुति दिइरहेको देख्न सकिन्छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन लोकेन्द्र सुब्बाले गरेका हुन्।
गीतको भिडियो सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।