सुदूरका फुटबल प्रशिक्षकलाई तालिम

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिमका फुटबल प्रशिक्षकलाई तालिम दिइएको छ। जिल्ला फुटबल संघ कञ्चनपुरले सुदूरका फुटबल प्रशिक्षकहरूलाई तालिम दिएको हो। फुटबल संघको आयोजना, दोधारा–चाँदनी नगरपालिकाको आर्थिक सहयोग तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा ‘एन्फा कम्युनिटी कोर्स– ०२६’ सुरु भएको हो।

जिल्ला फुटबल संघका महासचिव नितेश रावलले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यतालिकाअनुरूप तालिम सञ्चालन गरिएको बताए। महासचिव रावलका अनुसार चारदिने तालिमको दोधारा–चाँदनी नगरका प्रमुख किशोरकुमार लिम्बूले उद्घाटन गरेका हुन्। बिहानको समयमा पाठ्यक्रममा आधारित र दिउँसोदेखि व्यावहारिक सत्रमा आधारित प्रशिक्षण चल्नेछ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तथा तराईका कैलाली, कञ्चनपुरलगायतका विभिन्न क्षेत्रबाट इच्छुक ४५ प्रशिक्षार्थीको सहभागिता छ। कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि ०६०, ०७४ र ०८२ सालमा सफलतापूर्वक सम्पन्न भइसकेको बताए।
 

सुझावित समाचार