तिरहुत गाउँपालिकाद्वारा करार र दैनिक ज्यालादारी कर्मचारीलाई हाजिर नगर्न निर्देशन

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

सप्तरीको तिरहुत गाउँपालिकाले करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूलाई हाजिर नगर्न निर्देशन दिएको छ।

गाउँ कार्यपालिकाको कार्यालयले पत्र जारी गर्दै संघीय स्वीकृत दरबन्दीभन्दा बाहिर रहेका सम्पूर्ण कर्मचारीलाई हाजिर गर्न रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले जानकारी दिए।

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रले पटक–पटक विवरण माग गर्दै ताकेता गरेको र अर्थ मन्त्रालयको निर्देशनअनुसार स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करार कर्मचारी राख्न नपाइने व्यवस्था रहेकाले यस्तो निर्णय गरिएको हो।

सुझावित समाचार