मोतीविन्दु शल्यक्रिया गर्न आइएमई लाइफले गर्‍यो आर्थिक सहयोग

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सले मोतीविन्दुका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माट्रिका आई सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित सयजना बिरामीको शल्यक्रिया गर्न ६ लाख रुपैयाँ सहयोग गरेको हो । यो सहयोगबाट धनुषा र महोत्तरीका ग्रामीण क्षेत्रका एक सयजना मोतीविन्दु पीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा राखिएको छ ।

कम्पनीका उपकार्यकारी प्रमुख खिलेन्द्र पौडेलले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा कम्पनीले निरन्तर योगदान गर्दै आएको उल्लेख गरे । साथै, उनले यो सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

माट्रिका आई सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लाहरूमा आँखासम्बन्धी स्वास्थ्य सेवा, मोतीविन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरको अनुभव र विशेषज्ञतासँग आइएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव सिर्जना हुने अपेक्षा गरिएको छ ।

सुझावित समाचार