चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्। बेइजिङमा भएको भेटमा द्वीपक्षीय सम्बन्धका बृहत् पक्षमा छलफल भएको खनालले जानकारी दिएका छन्।
विदेशमन्त्री यीकै निमन्त्रणामा खनाल आइतबार चीन भ्रमणमा गएका हुन्।
भेटमा कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधिको हस्तान्तरण तथा बहुप्रतीक्षित सहकार्यका विषयमा छलफल भएको छ । भेटपछि मन्त्री खनालले भनेका छन्, 'हामीले जनस्तरको सम्बन्धलाई विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्यौँ र दुई देशको आपसी हितका लागि नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः जोड दिएका छौँ।’
