कास्की, पर्सा र रुपन्देहीमा रवि लामिछानेको अभियोग संशोधन गर्न अनुमति
जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको छ। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोग संशोधनका लागि सरकारी वकिल कार्यालयलाई अनुमति दिएको हो। जिबी राईको समूहले सञ्चालन गरेको बुटवलको सुप्रिम सहकारीको ठगीमा लामिछानेलाई पनि प्रतिवादी बनाइएको थियो।
पूर्वसचिव संगिता मिश्रलाई भ्रष्टाचार मुद्दामा सफाई, ६ जनालाई चार महिना कैद
पूर्व स्वास्थ्यसचिव संगिता मिश्रले भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छिन्। मामाग्राफी मेसिन खरिदसम्बन्धि भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतले सोमबार फैसला सुनाउँदै उनीसहित ८ जनालाई सफाइ दिएको हो। अन्य ६ प्रतिवादीलाई भने दोषी ठहर गरी जनही ४ महिना कैद र ३८ लाख ३४ हजारका दरले जरिवानाको फैसला सुनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतिवादीका वकिलले थाले बहस
नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा प्रतिवादीका कानुन व्यवसायीको बहस सुरु भएको छ । सोमबार पूर्वगृहसचिव टेकनारायण पाण्डेका कानुन व्यवसायीले गलत रूपमा अनुसन्धान तथा अभियोजन गरिएको भन्दै अनुसन्धानकर्तालाई दण्डित गर्नुपर्ने बताए।
काठमाडौंमा अतिक्रमित २ हजार रोपनी जग्गाको रोक्का प्रक्रिया अघि बढ्यो
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग ९रावल आयोग० को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको भूमी व्यवस्था मन्त्रालयले जनाएको छ।
बागमतीमा ६६ अर्ब ९४ करोडको बजेट, पुँजीगत खर्चलाई प्राथमिकता
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३र८४ का लागि ६६ अर्ब ९४ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले चालू खर्चभन्दा विकास निर्माण र पूर्वाधार विस्तारमा केन्द्रित हुँदै पुँजीगत खर्चलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब ३८ करोड
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३र८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ ९६०।७७ प्रतिशत०, चालूतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ ९२९।७३ प्रतिशत० र वित्तीय व्यवस्थातर्फ ३ अर्ब ५५ करोड ५२ लाख ९९।५० प्रतिशत० बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्ष ०८२र८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो।
गण्डकीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३र८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री जितप्रसाद शेरचनले प्रदेश सभा बैठकमा सोमबार प्रदेशको बजेट प्रस्तुत गरेका हुन्।
कोशी प्रदेश सभामा ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले आगामी आवको बजेट प्रस्तुत गरेका हुन्।
साढे सात करोडको कोकिनसहित ठमेलबाट तीन विदेशी पक्राउ
करिब साढे सात करोड रुपैयाँ पर्ने कोकिनसहित प्रहरीले तीन विदेशीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले कोकिन लिएर आएका सेनेगलका नागरिक र सो कोकिन लिन भारतबाट आएका दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सेनेगलका ४३ वर्षीय अमादाउ सार र भारतकी २६ वर्षीया रुबी तथा ३१ वर्षीया सोनी छन्।
सेफ सन्तोष साहलाई एक महिना कैद, एक वर्षदेखि फरार रहेको खुलासा
चर्चित सेफ सन्तोष साहलाई एक वर्षअघि नै अदालतले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरी सजाय तोकेको खुलेको छ। ३० जेठ २०८२ मा जिल्ला अदालत, काठमाडौंले उनलाई एक महिना कैद र एक लाख २५ हजार जरिवाना सुनाएको थियो। २५ लाखको चेक बाउन्स मुद्दामा उनलाई अदालतले गत वर्ष दोषी ठहर गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए।