डोल्पामा जिप र ट्याक्टर ठोक्किँदा नाैजना घाइते

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

डोल्पाको ठुलीभेरी नगरपालिका–९, भित्तीस्थित भेरी करिडोर सडक खण्डमा यात्रुवाहक जिप र ट्याक्टर एकआपसमा ठोक्किँदा नाैजना घाइते भएका छन्। प्रहरीका अनुसार आज साँझ करिब ६:३० बजे दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको ग १ ज ६४३७ नम्बरको यात्रुवाहक जिप अचानक ब्रेक फेल भई विपरीत दिशाबाट आउँदै गरेको रा १ त २९४८ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो।

दुर्घटनामा जिपमा चालकसहित सवार १० जनामध्ये नाैजना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल दुनै, डोल्पा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवै सवारीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।

 

सुझावित समाचार