मधेश र सुदूरपश्चिम प्रदेशका डिआइजी फेरिए

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

मधेश र सुदूरपश्चिम प्रदेशका प्रहरी नेतृत्व फेरिएको छ। मधेसमा डिआइजी ओमप्रसाद अधिकारी तथा सुदूरपश्चिममा डिआइजी सानुराम भट्टराईलाई खटाइएको छ। 

यसअघि मधेश प्रदेशका कार्यरत गोविन्द थपलियाको काठमाडौं उपत्यका प्रहरी कार्यालय र सुदूरपश्चिमका ओम रानाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

 गृहमन्त्री सुधन गुरुङले शुक्रबार उनीहरूको सरुवा गरेका हुन्। अवधि पुगेको आधारमा नियमित सरुवा गरिएको गृहले जनाएको छ। 

सुझावित समाचार