विश्वकप फुटबल–२०२६ सुरु भएसँगै यतिवेला फुटबलप्रेमीको महोत्सव सुरु भएको छ । फुटबलप्रेमीहरू टेलिभिजन स्क्रिनअगाडि झुम्मिएका छन् । कपडा पसलमा जर्सी किन्नेको भिड बढेको छ । आफ्नो मनपर्ने टिम सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
सामाजिक सञ्जाल खोल्नेबित्तिकै विश्वकपकै तस्बिर बिस्तारै छाउन थालेका छन् । खेल जगत्मा फुटबलले जति दुनियाँलाई रोमाञ्चक बनाउने सायदै अरू खेल होला ।
अघिल्ला वर्ल्डकपमा जस्तै यसपटक पनि विश्वकप फुटबलको ज्वरो नेपालसम्म आइपुगेको छ । सहर, गाउँ, गल्ली, होटेल, चोक, चिया पसल सबैतिरविश्वकपकै बहस सुरु भएको छ । विजेताबारे आ–आफ्नो अड्कलबाजी सुरु भएको छ ।