मधेश प्रदेशको रंगशाला र खेलमैदानमा साढे २२ करोड बजेट विनियोजन

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा मधेश प्रदेशका रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ । मधेश प्रदेशको ६ जिल्लाको विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि उक्त बजेट छुट्याएको हो । सरकारले यस प्रदेशका रंगशालालाई केन्द्रित गरेर साढे २२ करोड बजेट विनियोजन गरेको बजेट राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवभन्द्र यादवले जानकारी दिए । 

उनका अनुसार सरकारले सर्लाहीको ईश्वरपुर नगरपालिकाको खेलमैदानमा तीन करोड, सिराहाको लहान नगरपालिका पशुपति आदर्श माविको कवर्डहल निर्माणमा तीन करोड र कलैयाको क्रिकेट मैदान पूर्वाधार निर्माणका लागि तीन करोड बजेट छुट्याएको अवस्था छ । 

धनुषाको रामजानकी रंगशालमा डिपिआरका लागि एक करोड बजेट विनियोजन भएको बजेट पुस्तिकामा उल्लेख छ । एघारौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार तयारीका लागि नारायणी रंगशालाको थप स्तरोन्नति गर्न साढे सात करोड बजेट छुट्याएको  यादवले बताए ।

यस्तै, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल थप स्तरोन्नति गर्न पाँच करोड बजेट विनियोजन भएको छ । सप्तरीको राजविराजमा रहेको राज रंगशालाका लागि एक करोड विनियोजन उनले बताए ।
 

सुझावित समाचार