यस्ताे पनि...

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

नेमारको नाममा धेरै इन्जुरी समय 
सन् २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा ब्राजिलका मुख्य स्ट्राइकर नेमार जुनियरले खराब रेकर्ड राखेका छन् । सो विश्वकपमा उनले चार खेल खेलेका थिए । ती खेलमा चोट बोक्दा उनका कारण १४ मिनेट इन्जुरी समय थप भएको थियो । विश्वकप इतिहासमा एक खेलाडीका कारण समग्रमा १४ मिनेट इन्जुरी समय थप भएको पहिलोपटक हो । क्वार्टरफाइनलबाट बाहिरिएको ब्राजिलले सो विश्वकपमा नेमारबाट ठुलो अपेक्षा राखेको थियो । तर, मैदानमा विपक्षी खेलाडीले हल्का छुँदा पनि नेमार ठुलो धक्का दिएको भाव देखाउँथे । खेलाडीले सामान्य रूपमा ट्याकल गर्दा पनि डरलाग्दो र खुट्टा नै भाँचेजस्तो गर्थे । यसकारण रसिया विश्वकपमा नेमार खेलभन्दा पनि इन्जुरीका कारण चर्चामा रहे । 

चार विश्वकपमा जितविहीन इजिप्ट
इजिप्टको यो पाँचौँ विश्वकप यात्रा हो । यसअघि अफ्रिकन राष्ट्र इजिप्टले चार विश्वकप खेल्दा एक जित पनि निकाल्न सकेन । सन् १९३४, १९९०, २०१८ र २०२२ को विश्वकपमा इजिप्ट एक खेल पनि नजिती घर फर्किएको थियो । विश्वकप इतिहासमा दक्षिण अफ्रिकाका राष्ट्रहरू दोस्रो चरणमा प्रवेश गरेका छन् । तर, अपवादका रूपमा सन् २०१० को विश्वकप आयोजक दक्षिण अफ्रिका पहिलो चरणमै सीमित भयो । 

विश्वकपकै युवा खेलाडी नोम्यान
विश्वकप इतिहासमा सबैभन्दा युवा खेलाडी उत्तरी आयरल्यान्डका नोम्यान ह्वाइटसाइड हुन् । सन् १९८२ मा युगोस्लाभियाविरुद्ध प्रतिस्पर्धा गर्दा उनको उमेर १७ वर्ष १४ दिन थियो । 

युवा प्रशिक्षक टोनी
अमेरिकाका टोनी मेरोलालाई युवा प्रशिक्षकका लिने गरिन्छ । सन् १९९० मा अमेरिकाले टोनीको प्रशिक्षणमा विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । अमेरिकी टोलीको प्रशिक्षण सम्हाल्दा टोनीको उमेर २१ वर्ष ३१० दिन थियो । उनको प्रशिक्षणमै अमेरिकाले पहिलो खेलमा चेकोस्लोभियाविरुद्ध खेलेको थियो ।

सुझावित समाचार