नबिल र धुलिखेल अस्पतालबिच साझेदारी

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

नबिल बैंक र धुलिखेल अस्पतालबिच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनर्स्थापना सेवाका लागि रणनीतिक साझेदारी गर्न हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा विशेषगरी जलनको उपचार, पुनर्स्थापनामा सहयोग र डायलाइसिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्ष यस क्षेत्रमा सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता तीन वर्षसम्म लागू हुने बैंकले जनाएको छ । दुई पक्षबिच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शङ्ढयाको सघन जलन उपचारकक्ष स्थापना गरिनेछ । साथै, अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरूमा पनि यस्तै सुविधा विस्तार गरिने बताइएको छ ।

यसका साथै बैंकले दुईवटा कृत्रिम अंग जडान तथा पुनर्स्थापना सेवा एकाइ स्थापना गर्न र डायलाइसिस सेवालाई थप सुदृढ बनाउन पनि ६ करोड सहयोग गरेको हो । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले नबिल बैंक र धुलिखेल अस्पतालबिचको सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे । 

सिइओ ज्ञवालीले यस साझेदारीमार्फत समग्र मुलुक र विशेषगरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । 

See More On

सुझावित समाचार