बंगुरको मासु खाँदा एउटै गाउँका १६ जना बिरामी

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

नवलपरासी (पूर्व)अन्तर्गत कावासोती नगरपालिका– १४, हेगौलीमा बंगुरको मासु खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन्। हेगौलीका १०५ घरधुरीका मानिसले २३ गते बंगुर काटेर सामूहिक भोज गरेका थिए।

भोजपछि केही व्यक्तिहरूमा ज्वरो आउने, बान्ता हुने र पखाला लाग्नेजस्ता लक्षण देखिन थालेका छन्। प्रभावितमध्ये ४४ वर्षीया रामकुमारी महतोसहित हालसम्म १६ जना बिरामी परेको जनाइएको छ।

बिरामीहरूकाे कावासोती नगरपालिका क्षेत्र हुँदै मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा  उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

स्वास्थ्यकर्मीहरूले प्रारम्भिक रूपमा खाद्य विषाक्तताको आशंका गरेका छन्। घटनाको विस्तृत कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताइएको छ।

See More On

सुझावित समाचार