पाकिस्तानले २६ अफगान लडाकु मारेको दाबी

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

पाकिस्तानले अफगानिस्तानसँगको सीमाभित्र फेरि हवाई आक्रमण गर्दा २६ तालिबान लडाकु मारिएको इस्लामाबादले दाबी गरेको छ । यद्यपि, अफगान सरकारले भने मृतकमध्ये १३ जना सर्वसाधारण रहेको बताएको छ, जसमध्ये धेरैजसो बालबालिका छन् । 

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले बुधबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सेनाले सीमामा सटिक आक्रमण गरेको र पाकिस्तानमा सक्रिय तालिबानको आश्रयस्थललाई नष्ट गरिएको दाबी गरे । 

अफगानिस्तानभित्र गरिएको पछिल्लो हवाई आक्रमण पाकिस्तानभित्र भएका आक्रमणको शृंखलाको प्रतिक्रियामा गरिएको इस्लामाबादले जनाएको छ । पाकिस्तानभित्र पछिल्लो समय जुन ९ मा मुसा दारामा अर्धसैनिक संघीय कन्स्टेबुलरीको चौकीमा, त्यसअघि जुन २ मा उत्तरी बजिरिस्तानको एक सैन्य चौकीमा आत्मघाती हमला र मे ९ मा खैबर पख्तुनख्वा प्रान्तको एक प्रहरी चौकीमा अर्को आत्मघाती बम विस्फोट भएका थिए ।

अफगान सरकारले पाकिस्तानी आक्रमणमा धेरै सर्वसाधारण मरेको भन्दै विरोध जनाएको छ । ‘हामी यो मानवीय अपराध र आक्रामकताको कडा निन्दा गर्छौं,’ अफगान सरकारका प्रमुख प्रवक्त जबिहुल्लाह मुजाहिदले भने । 

सुझावित समाचार