एमसिसीको विद्युततर्फको परियोजनाको निर्माण सुरु

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अनुदान अन्तरगत बन्ने ४०० केभीका रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा ४०० केभी क्षमताकै  २ सय ९७ किलोमिटर लामो तीन प्रसारण लाइनको निर्माण सुरु भएको छ ।

बुधबार नुवाकोटको रातमाटेमा सरकारी अधिकारी, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण व्यवसायी, स्थानीय सरोकारवालाहरू, सञ्चार माध्यम र सामुदायिक अगुवाहरूको सहभागितामा परियोजना निर्माणको शिलान्यास गरिएको हो । योसँगै नारायणगढ–मुग्लीङ सडक बाहेक एमसिसी अनुदानका सबै परियोजना निर्माणमा प्रवेश गरेका छन् ।

बुधबार शिलान्यास गरिएको २ सय ९७ किमि लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् ।
 
 

See More On

सुझावित समाचार