जेसिबी नेपालले इटहरीमा जेसिबी ग्राहकलाई सम्मान गरेको छ । अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसिबीले जेसिबीका उपकरण, पार्टस्, सर्भिस तथा वार्षिक मर्मत सम्झौता सेवामा दीर्घकालदेखि विश्वास गर्दै आएका ग्राहकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवालालगायतको सहभागिता थियो । कोशी क्षेत्रका जेसिबी ग्राहकप्रति कृतज्ञता व्यक्त गर्न कार्यक्रम गरिएको हो ।