अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ टी–२० आई अलराउन्ड वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी रेटिङमा ऐतिहासिक सुधार गर्दै पुनः चौथो नम्बरमा उक्लिएका छन्।
ऐरी २५६ रेटिङसहित चौथो नम्बरमा रहन सफल भएका हुन्। टी–२० आईमा हालसम्म दुई हजार २२० रन जोडेका ऐरीले पाँच मेडनसहित ६२ विकेट लिएका छन्। उनले फिल्डिङमा ४३ क्याच र २६ रनआउट गरेका छन्।
सूचीको शीर्ष नम्बरमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन्। दोस्रो र तेस्रो स्थानमा पनि क्रमशः भारतका हार्दिक पाण्डेय र पाकिस्तानका सायम अयुब छन्।