३३५ पालिकाको १० अर्ब पुग्यो सडकबत्तीको बक्यौता (सूचीसहित)

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सडकबत्तीको बक्यौता महसुल उठाउन पहल थालेको छ । सडकबत्ती बालेबापत ३५५ पालिकाले नेपाल विद्युत् प्राधिकरणलाई करिब १० अर्ब बक्यौता तिर्नुपर्नेछ । 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सडकबत्तीसहितको बक्यौता महसुल उठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। तर, स्थानीय तहहरूले भने यसमा आनाकानी गर्दै आएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार सात अर्ब ९४ करोड ८७ लाख ५४ हजार बक्यौता र त्यसको २५ प्रतिशत जरिवानासहित कुल नौ अर्ब ९३ करोड ५९ लाख ४३ हजार स्थानीय तहले तिर्न बाँकी छ ।  

काठमाडौं महानगपालिकाको मात्र यस्तो बक्यौता २ अर्ब छ। केही पालिकाको केही हजार मात्र हुँदा पनि तिरेका छैनन्।

कुन पालिकाको कति बक्यौता ? 

सुझावित समाचार