प्रतिनिधिसभामा पाँच मिनेट मौनधारणपछि सभामुखले जनाए आपत्ति

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

बैठकमा प्रतिपक्ष दलले सहिदहरूको सम्मानमा गरिएको पाँच मिनेट मौनधारणपछि सभामुखले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सचेतक निस्कल राईले सहिदहरूको सम्झनामा मौनधारण गरेलगत्तै सभामुखले विपक्षी बेन्चले सभाको मर्यादा उल्लंघन गरेको टिप्पणी गरेका हुन्।

बैठकमा विपक्षी सांसदहरूले मौनधारण सुरु गरेपछि सभामुखले समय तोकेर सभालाई सञ्चालन गर्नुपर्ने नियमको स्मरण गराउँदै यस्तो कार्य सभामाथि अपमान भएको बताए।

उनले भने, ‘सभामुखले सभा चलाइरहेको वेलामा फरक विषयमा समय मागेपछि दिइसकेपछि सबै सदस्य आफ्नो ज्यान आहुति दिने सहिदहरूप्रति सम्मान गरिरहनेछौँ। तर, प्रतिनिधिसभा सभामुखले सञ्चालन गर्दै गर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैँले समय तोकेर जुन किसिमको काम गर्नुभयो, सभामाथि अपमान भएको छ। यसबारे ध्यानाकर्षण गराउँछु।’

यो घटनापछि संसद् बैठकमा केही समय असहज अवस्था सिर्जना भएको थियो।

सुझावित समाचार