विवादित बहिर्गमनपछि पुनः गृहमा फर्किँदै गुरुङ

महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालयकाे जिम्मेवारी दिँदै सरकार

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

सम्पत्तिसम्बन्धी विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः  मन्त्रालयमा फर्किने भएका छन्। सरकारले गठन गरेको छानबिन समितिले उनीविरुद्ध लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष दिएपछि उनको पुनरागमनको बाटो खुलेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिने तयारी अघि बढाएका हुन्।

गुरुङको राजीनामापछि सरकारमाथि नैतिकता र जवाफदेहिताबारे प्रश्न उठेका थिए। तर, छानबिन प्रतिवेदनले आरोपहरू पुष्टि नगरेपछि सरकार आफ्नो अडानमा दृढ देखिएको छ।

त्यस्तै, सरकारले आजै महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालयकाे जिम्मेवारी दिने भएको छ । उनीहरूको शपथग्रहण ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने जनाइएको छ । 

सुझावित समाचार