यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका  मुख्य निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णयहरू सार्वजनिक गरेका हुन्। 

यस्ता छन् मुख्य निर्णय–
१. तल्लो अरुण, लोअर न्यादी खोला, धुन्सा खोला र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने 

२. निजामती सेवा १६औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने 

३. विशालकुमार भण्डारी (दोलखा)को अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गर्ने 

४.पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने 

सुझावित समाचार