रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन्। सोमबार राति भैरहवामा सम्पन्न संघको पाँचौँ अधिवेशनबाट ६९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि हरिबहादुर थापा पुनः निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे। निर्वाचनमा हरिबहादुर थापा पक्षका सबै उमेदवार विजयी भएका छन् । चार वर्षअगाडि सम्पन्न चौथो अधिवेशनमा पनि क्रिकेटर गौचन थापासँगै पराजित भएका थिए।

सोमबार सम्पन्न निर्वाचनमा थापा र गौचन आ–आफ्नो टिम बनाएर चुनावी प्रतिस्पर्धा उत्रिएका थिए। उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्री निर्वाचित भएका छन्। 

संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनीत पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएको मतदान अधिकृत प्रकाश न्यौपानेले जानकारी दिए।
 

सुझावित समाचार