गण्डकी प्रदेश राष्ट्रिय विद्यालयस्तरीय क्रिकेटको उपाधि नवलपुरको भीमसेन आदर्शलाई

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालयले गण्डकी प्रदेश राष्ट्रिय विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा भीमसेनले स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै भीमसेन राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट भएको छ।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको भीमसेनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन जोडेको थियो। १६५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भगवती १९ ओभरमा सबै १० विकेट गुमाएर ९६ रनमा समेटिएको थियो।

भीमसेनको जितमा प्लेयर अफ द म्याच पंकज यादवले ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै टोलीका लागि सर्वाधिक ६७ रन बनाएका थिए। उनले अर्धशतकसमेत पूरा गरेका थिए। शैलेश काफ्ले नटआउट रहँदै ३० तथा सुशील भुसालले २० रन जोडेका थिए।

भगवतीका लागि भुवन डुम्रेले ४३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै टोलीका लागि सर्वाधिक ४९ रन जोडे। अनुज बाबुले १३ तथा स्माइल भट्टराईले १० रन बनाएका थिए।

See More On

सुझावित समाचार