सुनको मूल्य घट्यो, चाँदीको सामान्य वृद्धि

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला नाै रुपैयाँले घटेको हो। आइतबार प्रतितोला तीन लाख आठ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार दुई लाख ९९ हजार नाै सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यससँगै सुनको मूल्य पुनः तीन लाख रुपैयाँभन्दा तल पुगेको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। आइतबार चार हजार ८९५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार बढेर चार हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुझावित समाचार