एनसेलका ग्राहकले अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्री खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाउने भएका छन् । एनसेल र अल्टिमाबिच भएको साझेदारीसँगै एनसेल ग्राहकले अल्टिमाका विभिन्न ग्याजेटमा छुट प्राप्त गर्ने भएका हुन् ।
सम्झौताअनुसार ९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहक यो छुट योजनाका लागि योग्य हुनेछन् । यस योजनाअन्तर्गत खरिद गरिने जुनसुकै सामान नेपालभर डेलिभरी हुने व्यवस्था अल्टिमा लाइफस्टाइले गरेको जनाइएको छ । ग्राहकले अल्टिमाको लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर बैंकलगायत ग्याजेटमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
योजनाको लाभ उठाउन ग्राहकले एनसेल एप खोलेर पार्टनर्ड सर्भिसेसमा गई अल्टिमा लाइफस्टाइल छान्नुपर्नेछ ।प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बरमार्फत स्वतः योग्यता जाँच भई ग्राहकले छुटसहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देखिने एनसेलले जनाएको छ । यो योजनाको लाभ उठाउन योग्य नभएका ग्राहकले भने ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गर्न सक्छन् र आफ्नो आवश्यकताअनुरूपका ग्याजेट विशेष छुटमा लिन सक्छन् ।
योजनाका लागि योग्य रहेको प्याक वा रेन्टल प्लान सक्रिय रहेको अवधिभर यो छुटलाई ग्राहकले पटक–पटक उपयोग गर्न सक्ने पनि बताइएको छ । ‘ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सञ्चालनमा ल्याउन पाएकोमा उत्साहित छौँ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ताले भने, ‘यो सहकार्यले हाम्रा ग्राहकको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्नेछ ।’